बार्सिलोनाका स्टार लियोनल मेस्सीले क्लबमा भर्खरै भित्रिएका ओसमाने डेम्बेलेको खेल प्रदर्शनको प्रशंशा गर्दै नेइमारले पनि क्लबमा सुस्त सुरुआत गरेको स्मरण गराए।
कीर्तिमानी रकममा नेइमार यो सिजन पेरिस सेन्ट जर्मन गएपछि बार्सिलोनाले डेम्बेले अनुबन्ध गरेको थियो। ला लिगाको ‘डेब्यू’ खेलमै उत्कृष्ट खेल कौशल देखाउका डेम्बेले युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिग समूह चरणको खेलमा भने केही संघर्ष गरिरहेका देखिन्थे।
युभेन्ट्सलाई बार्साले ३–० ले हराए पछि मेस्सीले डेम्बेलेलाई हौसला दिँदै बिस्तारै खेलमा गति लिइने बताएको अनतर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइएको छ।
डेम्बेले पनि विस्तारै लय समात्नेमा आशावादी देखिएका मेस्सीले सुरुआती दिनमा ब्राजिलियन स्टार नेयमारलाई पनि कठिन परिस्थिति गुजारेको बताए। बार्सिलोनाबाट विस्तारै लय समात्दै गएपछि नेयमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक बन्न सफल भएका थिए। मेसीले फ्रान्सेली डेम्बेले पनि आफूलाई त्यसरीनै अघि बढाउँदै लगे नेइमारमा जस्तै सम्भावना रहेको बताएका छन्।