बार्सिलोनाका स्ट्राइकर लिओनल मेसी आफ्नो श्रीमतिप्रतिको प्रेमलाई उजागर गर्न शरीरमा ट्याटु खोपाएका छन्।
मेसीले पेटको बायाँतर्फ मुनी श्रीमति आन्टोनेला रोक्युजोको ओठको डिजाइनमा ट्याटु खोपेका हुन्। रातो रंगमा खोपिएको यो ट्याटुलाई उनले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्।
मेसीले लामो समयसम्म सँगै बसेर यसै वर्षको जुलाईमा आन्टोनेलासँग विवाह गरेका थिए। बिवाह गर्नु अघिनै उनीहरुबाट २ सन्तान भइसकेका छन्।
मेसी र आन्टोनेलाको ४ वर्षको थियागो र २ वर्षको माटियो छोरा छन्।