ब्राजिलियन स्ट्राइकर नेइमार सुपरस्टार बन्ने १० प्रमुख कारण छन्। उनलाई गत शुक्रबार फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले क्लब स्थानान्तरणका लागि कीर्तिमानी रकम खर्चेको थियो। उनको विषयमा विभिन्न खबर सार्वजनिक भइरहेको बेला विदेशी मिडियाहरुले केही रोचक तथ्य उजागर गरेका छन्। ती यस प्रकार रहेको छ।
१. नेइमार २०१३ मा ब्राजिलको सान्तोष क्लबबाट बार्सिलोनामा अनुबन्धित हुँदा स्पेनिस क्लबले त्यतिबेलाको महंगो रहम खर्चेको थियो। अहिले फेरि उनी महंगो स्थानान्तरणसहित पिएसजीमा आवद्ध भएका छन्। उनी दुई पल्ट विश्वको महंगो खेलाडी बन्न सफल भएका छन्।
२. नेइमारलाई सोशल मिडियामा पछ्याउनेको कमि छैन्। उनलाई इन्स्टाग्राममा ७ करोड २३ लाख व्यक्तिले पछ्याउँने गर्छन्। यस्तै फेसबुकमा ५ करोड ५८ लाख फलोअर छन्। ट्विटरमा उनलाई ३ करोड ७ लाखले पछ्याउँछन्।
३.२०१६–१७ को सिजन नेइमार लेखेको टिसर्ट निकै विक्री भएको थियो। उनी विश्व फुटबलका हस्तीहरुमा सर्वाधिक जर्सी विक्री हुने खेलाडीको सूचीमा छैटौं नम्बरमा पर्छन्। उनीभन्दा अगाडि लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, पाउल पोग्बा, जाल्टन इब्राहिमोभिक र मासुट ओजिल छन्।
४. २०१३ देखि उनले ब्राजिलको नम्बर १० जर्सी पहिरिने मौका पाएका थिए।
५. ब्राजिलका लागि उनले ७७ खेलमा ५२ गोल गरिसकेका छन्। उनी ब्राजिलबाट अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने सूचीमा चौथो नम्बरमा पर्छन्। उनीभन्दा अगाडि पेले (७७), रोनाल्डो (६२) र रोमारियो (५५) छन्।
६.बार्सिलोनाबाट खेल्दा उनी ‘एमएसएन’ जोडीको रुपमा प्रत्येक सिजन सयभन्दा बढि गोल गर्ने अभियानमा मेसी र लुइस सुआरेजसँग थिए।
७. नेइमारले आफू सहभागी भएको क्लबबाट त्यस क्षेत्रको च्याम्पियनसिप जित्ने इतिहास बनाएका छन्। सान्तोषबाट खेल्दा लिबर्टाडोरेस (दक्षिण अमेरिकी क्षेत्रको ठूलो क्लब प्रतियोगिता) र बार्सिलोनाबाट खेल्दा च्याम्पियन्स ट्रफी जितेका थिए।
८. फोर्बस म्यागजिनका अनुसार नेइमारले पारिश्रमिकभन्दा पनि बढि विज्ञापनबाट पैसा कमाउँछन्।
९. उनको प्रायः हिमचिम विश्व चर्चित सेलिब्रिटीसँग हुनेगर्छ।
१०. नेइमार २०१५ को ‘बालोन डि’ओर’ मा मेसी र रोनाल्डोसँगै अन्तिम सूचीमा सहभागी थिए।