शुक्रबार मात्र विश्वको सबैभन्दा महंगो फुटबल खेलाडी बनेका ब्राजिलियन स्ट्राइकर नेइमारले फ्रेञ्च लिगको पहिलो खेल खेल्न नपाउने भएका छन्। आज शनिवार राती पेरिस सेन्ट जर्मन(पिएसजी) ले लिगको पहिलो खेल आमियन्सविरुद्ध खेल्दैछ।
तर, पिएसजीले नेइमारको अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट समयमै उपलब्ध गराउन नसकेपछि उनी पहिलो खेल खेल्नबाट बञ्चित हुन लागेका हुन्। ट्रान्सफर सर्टिफिकेट शुक्रबार रातीसम्म उपलब्ध गराइसक्नु पर्ने थियो। तर, शुक्रबार ५ वर्षका लागि आधिकारीक रुपमा पिएसजीमा आवद्ध नेइमारको सर्टिफिकेट क्लबले फ्रेञ्च फुटबल संघलाई उपलब्ध गराउन सकेन्।
नेइमार मैदानमा नउत्रिँए पनि पार्क डेस प्रिन्सेस रंगशालामा उनी उपस्थित हुनेछन्।