नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर गीता रानाको दायाँ काँधमा लागेको चोटको शल्यक्रिया गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गीताको शल्यक्रिया सफल भएको जनाएको छ।
उनको इन्टरनेशनल वुमन्स च्याम्पियनसिपका दौरान चोट लागेको थियो।
नेपाल एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने गीताले रिह्याबिलेसनमार्फत् चोटबाट फर्कने कोशिस गरेकी थिइन्।
तर चोट पूर्णरूपमा निको नभएपछि उनको शल्यक्रिया गरिएको एन्फाको भनाइ छ।
सुर्खेतकी २८ वर्षीया गीताले सन् २०१६ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
त्यसयता उनले राष्ट्रिय टोलीका लागि ५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।