समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार अन्तरिम सरकारमा कृषिमन्त्री हुने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ कृषिमन्त्रीमा परियारको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।
वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।
उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ।
यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ।