युरोपेली च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ।
लिगको क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियलविरूद्ध तीन गोल गरेको हो।
इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले तीनै गोल दोस्रो हाफमा हानेको हो।
५८ मिनेटमा डेक्लान राइसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। ७० मिनेटमा उनैले दोस्रो गोल गरे।
७५ मिनेटमा मिकेल मरिनोले गरेको गोल निर्णायक बन्दा पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको हो।
इन्ज्युरी समयमा रियलका इन्डुएरो क्यामाभिंगाले रातो कार्ड समेत खान पुगे।
दोस्रो लेग सान्टियागो बर्नाबेऊमा अप्रिल १७ मा हुनेछ।