रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियलाई २-० गोलले पराजित गर्यो।
रियलको जितमा करिम बेन्जिमाले खेलको १२ मिनेटमा पहिलो गोल गरे। उनलाई गोल गर्न टोनी क्रुसले पास दिए।
क्रुसले नै ४२ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले भाज्क्युले उपलब्ध गराएको पासमा गोल गरे।
जितपछि अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको रियलले २३ खेलबाट ४९ अंक जोडेको छ।
तेस्रो स्थानको बार्सिलोनाको २२ खेलबाट ४६ अंक छ।
शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले २१ खेलबाट ५४ अंक बटुलेको छ।