इन्टर मिलान इटालियन सिरि एको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा इन्टरले लाजियोलाई ३-१ गोलले हरायो।
इन्टरको जितमा लुकाकुले दुई गोल गरे। उनले खेलको २२ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे।
४५ मिनेट लुकाकुले इन्टरको अग्रता दोब्बर पारे।
६४ मिनेटमा मार्टिनेजले टिमका लागि तेस्रो गोल गरेका थिए। त्यसअघि ६१ मिनेटमा लाजियोका लागि साभिकले बराबरी गोल फर्काए।
यता लिगको अर्को खेलमा रोमाले युडिनेसेलाई ३-० गोलले हरायो।
लिगको अंक तालिकामा शीर्ष स्थानको इन्टरको २२ खेलबाट ५० अंक छ। दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ भने रोमा ४३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
एक खेल कम खेलेको चौथो स्थानको युभेन्ट्सको ४२ अंक छ।