इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।
म्यानचेस्टरलाई वेस्ट ब्रुमले १-१ गोलको बराबरीमा रोकेको हो। खेलको दोस्रो मिनेटमा डिएग्नेको गोलबाट ब्रुमले अग्रता लिएको थियो।
४४ मिनेटमा ब्रुनो फर्नान्डेजले म्यानचेस्टरका लागि बराबरी गोल फर्काए।
बराबरीपछि म्यानचेस्टर अंक तालिकाको दोस्रो स्थानमा छ। उसको २४ खेलबाट ४६ अंक भएको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको २३ खेलबाट ५३ अंक छ।
यता आर्सनलले लिड्सलाई ४-२ गोलले पराजित गरेको छ। आर्सनलको जितमा आउबामेयाङले ह्याट्रिक गरे।
उनले खेलको १३, ४१ र ४७ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे।
आर्सनल अंक तालिकामा २४ खेलबाट ३४ अंक जोडेर दशौं स्थानमा उक्लिएको छ। ३४ अंक जोडेको लिड्स एघारौं स्थानमा झरेको छ।