स्पेनिस ला लिगामा रियल म्याड्रिडले पुनरागमन जित हात पारेको छ। रियलले १-० ले पछि परेको स्थिति उल्टाउँदै हुएस्कालाई २-१ गोलले पराजित गरेको हो।
खेलको ४८औं मिनेटमा गलान गिलको गोलबाट हुएस्काले अग्रता लियो।
खेलको ५४ मिनेटमा रियलका लागि राफायल भारानले बराबरी गोल फर्काए।
उनले ८४ मिनेटमा अर्को गोल गर्दा रियलले २-१ गोलको अग्रता लियो।
लिगको अर्को खेलमा सेभियाले गेटाफेलाई ३-० गोलले पराजित गरेको छ।
जितसँगै सेभिया अंक तालिकामा बार्सिलोनालाई पराजित गरेर तेस्रो स्थानमा उक्लिएको छ।
सेभियाको २१ खेलबाट ४२ अंक भएको छ। दोस्रो स्थानको रियलको समान खेलबाट ४३ अंक छ।
दुई खेल कम खेलेर शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले ५० अंक जोडेको छ।
चौथो स्थानमा झरेको बार्सिलोनाको २० खेलबाट ४० अंक छ।