इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युकासल युनाइटेडलाई ३-० गोलले पराजित गरेको छ।
सोमबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५०औं मिनेटमा पियरी इमेरिक औबामियाङले पहिलो गोल गरे। ६० मिनेटमा साकाले आर्सनलको अग्रता दोब्बर पारे।
७७ मिनेटमा औबामियाङले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।
जितसँगै आर्सनल अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ। आर्सनलले १९ खेलबाट २७ अंक जोडेको छ।
न्युकासल १८ खेलबाट १९ अंक जोडेर १५औं स्थानमा छ।
आर्सनलले पछिल्ला पाँच खेलमा क्लिन सिट राखेको छ।
यता न्युकासल भने पछिल्ला सात खेलमा जितविहीन छ। जसमा पाँच हार र दुई बराबरी छन्।