सन् २०२६ मा चीनमा हुने एएफसी यू-१७ वुमन्स एसिया कपको छनोटको ड्र सार्वजनिक गरिएको छ।
बिहीबार मलेसियामा भएको छनोटको ‘ड्र’मा २७ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘एफ’ मा परेको छ। नेपालको समूहमा थाइल्यान्ड र तुर्कमेनिस्तान छन्।
नेपालको समूहको खेल थाइल्यान्डमा हुनेछ। समूह विजेता आठ टोली मात्र एएफसी यू-१७ एसियन कपमा छनोट हुनेछन्।
छनोट ९ देखि १७ अक्टोबरमा हुनेछ।
चार टोली स्वत छनोट भएका छन्। आयोजक चीनसहित अघिल्लो संस्करणका शीर्ष तीन टोली उत्तर कोरिया, जापान र दक्षिण कोरिया स्वत छनोट भएका हुन्।