'इटालियन सिरि ए' मा युभेन्ट्सले अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा साविक विजेता युभेन्ट्सले मिलानलाई ३-१ गोलले पराजित गरेको हो।
योसँगै जारी सिजनमा मिलानको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
खेलको १८ मिनेटमा चिएसाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो।
तर ४१ मिनेटमा मिलानले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि कलब्रियाले गोल गरे।
६२ मिनेटमा चिएसाले ब्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ ले अघि बढाए।
युभेन्ट्सका लागि ७६ मिनेटमा म्याककेनीले तेस्रो गोल गरेका थिए।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको इन्टर मिलान पनि पराजित भएको छ। इन्टरलाई साम्पडोरियाले २-१ गोलले हरायो।
पराजयपछि पनि शीर्ष स्थानमा रहेको एसी मिलानको १६ खेलबाट ३७ अंक छ।
दोस्रो स्थानको इन्टरको ३६ अंक रहदा रोमा ३३ अंकसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेको युभेन्ट्स ३० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।