इटालियन सिरि एमा साविक विजेता युभेन्ट्सले सहज जित हात पारेको छ।
युभेन्ट्सले आइतबार राति भएको खेलमा उडिनेसेलाई ४-१ गोलले पराजित गर्यो।
खेलको ३१ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। उनलाई गोल गर्न रामसेले पास दिएका थिए।
४९ मिनेटमा चिएसाले युभेन्ट्सको अग्रता दोब्बर पारे। ७० मिनेटमा रोनाल्डोले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।
रोनाल्डोले सिजनमा ११ लिग खेल खेल्दै १४ गोल गरिसकेका छन्।
९० मिनेटमा उडिनेसेका जीगेलारले गोल फर्काए। इन्जुरी टाइममा डिबालाले अर्को गोल गरेपछि युभेन्ट्सले ४-१ को सहज जित हात पार्यो।
लिगको अर्को खेलमा शीर्ष टिम एसी मिलानले बेनेभेन्तोलाई २-० तथा दोस्रो स्थानको इन्टर मिलानले क्रोटोनलाई ६-२ ले पराजित गरेका छन्।
लिगमा एसी मिलान १५ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको इन्टरको ३६ अंक, तेस्रो स्थानको रोमाको ३० अंक, चौथो स्थानको नेपोलीको २८ अंक र पाँचौ स्थानको युभेन्ट्सको २७ अंक छ।