स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो तीन महिना मैदान बाहिर रहने भएका छन्।
घुँडाको शल्यक्रिया गरेका कारण उनी तीन महिना मैदान बाहिर रहने भएका हुन्।
२८ वर्षीय ब्राजिलियन खेलाडी काउटिन्हो गत मंगलबार एइबारविरुद्धको खेलका दौरान घाइते भएका थिए। सो खेलमा बार्सिलोना १-१ गोल बराबरीमा रोकिएको थियो।
गत सिजन जर्मन क्लब वायर्न म्युनिखमा लोनमा बिताएका काउटिन्होले यो सिजन बार्सिलोनाका लागि १४ खेल खेलेका छन्।
इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी काउटिन्होसँगै बार्सिलोनाका अन्य दुई खेलाडी घाइते छन्।
फरवार्ड अन्सु फाटी र डिफेन्डर जेरार्ड पिके पनि घुँडाकै चोट बोकेका कारण मैदान बाहिर छन्।
बार्सिलोनाले काउटिन्होको शल्यक्रिया सफल भएको बताउँदै कम्तीमा तीन महिना खेल्न नसक्ने विज्ञप्ती मार्फत जनाएको छ।