स्पेनिस ला लिगामा बार्सिलोना अर्को खेलमा बराबरीमा रोकिएको छ।
बार्सिलोनालाई मंगलबार राति भएको खेलमा एइबारले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलमा कप्तान लिओनल मेसी अनुपस्थित थिए। उनी घाइते भएका कारण नखेलेको बताइएको छ।
गोलीगाँठोको समस्या भएका कारण मेसीले रंगशालामा बसेर खेल हेरेका थिए।
खेलमा अग्रता एइबारले लियो। उसका लागि किकेले ५७ मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाले ६७ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। बार्सिलोनाका डेम्बेलेले फिर्पोको पासमा बराबरी गोल गरेका थिए।
लिगका अन्य खेलमा सेभियाले भिल्लारियललाई २-० गोलले पराजित गर्दा लेभान्तेले रियल बेटिसमाथि ४-३ को जित निकालेको छ।
अंक तालिकामा बार्सिलोना १५ खेलबाट २५ अंक जोडेर छैटौं स्थानमा छ।
शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको १३ खेलबाट ३२ अंक छ। दुई खेल बढी खेलेर दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि ३२ अंक नै छ।