इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ।
मंगलबार भएको खेलमा वुल्भ्सलाई १-० गोलले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लिएको हो।
युनाइटेडलाई रोमाञ्चक जित दिलाउने क्रममा मार्कस रास्फोडले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे।
यता आर्सनलले ब्राइटनलाई १-० गोलले पराजित गर्दा लिड्सले वेस्ट ब्रुममाथि ५-० को जित निकालेको छ।
अंक तालिकामा युनाइटेड १५ खेलबाट ३० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ३२ अंक रहेको छ।