सार्क क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी सेप्टेम्बरमा हुने भएको छ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिपको मिति टुंगो लगाएको हो।
बैठकले साफ च्याम्पियनसिप आगामी सेप्टेम्बर १४ देखि २५ सम्म बंगालदेशमा गर्ने निर्णय गरेको हो।
यसअघि २०२० मा हुने भनिएको साफ कोरोना भाइरसका कारण स्थगित भएको थियो।
यसैगरी साफ यु१६ महिला प्रतिस्पर्धा अगस्टमा हुनेछ।
साफ यु१९ महिला च्याम्पियनसिप जुलाइ १३ देखि २२ सम्म, साफ यु१५ च्याम्पियनसिप अक्टोबर १ देखि १० सम्म र साफ यु१८ च्याम्पिनसिप अक्टोबर १५ देखि २४ सम्म गर्ने निर्णय भएको छ।
यी प्रतिस्पर्धाको खेल स्थल अहिले टुंगो लगाइएको छैन।
साफका अध्यक्ष काजी मोहमद सलाहुद्दिनको अध्यक्षतामा बसेको बैठकले साफको विधान परिवर्तन गर्नुका साथै सन् २०२१ को क्यालेन्डर र बजेटलाई पारित गरेको छ।