इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुललाई ब्राइटनले बराबरीमा रोकेको छ।
शनिबार भएको खेलमा ब्राइटनले १-१ गोलको बराबरीमा रोकेको हो।
ब्राइटनले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुसँग अंक खोस्न सफल भयो।
लिभरपुलका एन्ड्रियु रोबर्टसनले ब्राइटनका ड्यानी वेलब्याकलाई पेनाल्टी एरियामा फउल गरेका थिए।
त्यसपछि प्राप्त पेनाल्टीमा ब्राइटनका पास्कल ग्रोबले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ६० मिनेटमा लिभरपुलले अग्रता लिएको थियो।
लिभरपुलका लागि जोटाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। उनलाई गोल गर्न मोहमद सलाहले पास उपलब्ध गराए।
बराबरीपछि लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लिभरपुलले १० खेलबाट २१ अंक जोडेको छ। दोस्रो स्थानको टोटेनहमको ९ खेलबाट २० अंक छ।