बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति स्पानियोलसँग बराबरी गर्दै कीर्तिमान बनाएको छ।
लिग लिडर बार्सिलोना अन्तिम समयमा गोल गर्दै हारबाट जोगिनुका साथै लिगमा सुरूवाती २२ खेलमा अपराजित हुने कीर्तिमान समेत बनाएको छ।
अवे मैदानमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–१ को बराबरीमा रोकिए पनि लिगका २२ खेलमा अपराजित रहँदै सुरुका २२ खेलमा नहार्ने क्लब कीर्तिमान बनाएको हो।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको ६६ औँ मिनेटमा जेरार्ड मोरेनोको गोल गर्दै घरेलु टोली स्पानियोलले अग्रता लियो।
बार्सिलोनाका लागि खेलको ८२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। मेसीको फ्रि–किकमा पिकेले गोल गरेका हुन्।
बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक भएको छ। यस्तै समान खेलबाट ४९ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छन्। मड्रिडले राति नै भएको खेलमा भ्यालेन्सियालाई १–० ले हराएको हो।
https://youtu.be/EXfVCejYfus