प्रशिक्षक जोसे माउरिन्होले २०२० सम्म म्यान्चेष्टर युनाइटेडमै रहने
ईंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले आगामी सन् २०२० सम्म क्लबसँगको अनुबन्ध लम्ब्याउने भएका छन्।
५४ वर्षका माउरिन्होले सन् २०२० सम्म क्लबमै रहने गरी नयाँ अनुबन्धमा हस्ताक्षर गरेका हुन्। उनको कार्यकाल अर्को वर्ष सकिंदै थियो।
हस्ताक्षरपछि माउरिन्होले आफूलाई क्लबले उपयुक्त प्रशिक्षक ठानेकोमा आफू दंग परेको र गज्जपका युवा खेलाडी रहेको टीमले थप उपलब्धी हाँसिल गर्ने प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ।
अब कम्तिमा ३ वर्ष सँगै बिताउने भएकाले आफूले खेलाडीसँग मिलेर टीमका लागि नयाँ अवसर सिर्जना गर्ने माउरिन्होले बताए। म्यान्चेष्टर युनाइटेड प्रिमियर लिगमा दोस्रो स्थानमा छ ।
सन् २०१६ मा म्यान्चेष्टर युनाइटेडको प्रशिक्षक बनेका माउरिन्होले त्यसै बर्ष क्लवलाई युरोपा लिग र इएफएल कपको उपाधि जिताएका थिए।
यसपटकको प्रिमियर लिग जित्ने सम्भावना सकिइसके पनि च्यायिम्पयन्स लिग र एफ ए कपको उपाधि जित्ने सम्भावना कायमै रहेको उनले बताए।