गत वैशाखमा धुलिखेलमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाले वर्षको क्यालेन्डर पारित गरेको थियो।
जसमा एन्फाले विभिन्न १६ वटा घरेलु फुटबलका क्यालेन्डर सार्वजनिक गरेको थियो।
तर यो वर्षको ६ महिनामा एन्फाले आफूले सार्वजनिक गरेका अधिकांस कार्यक्रम आयोजना गर्न सकेको छैन।
एन्फाले यो वर्ष ए डिभिजन लिगसहित बी डिभिजन लिग, सी डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) जस्ता महत्वपूर्ण घरेलु फुटबलका कार्यक्रम आयोजना गर्ने सार्वजनिक गरेको थियो।
तर एन्फाले ६ महिनामै आफ्नो क्यालेन्डर परिमार्जन गर्दै बाँकी कार्यक्रम भन्दै अर्को क्यालेन्डर सार्वजनिक गरेको छ।
एन्फाले मंगलबार सार्वजनिक गरेको वर्षको बाँकी कार्यक्रमबाट बी डिभिजन लिग, सी डिभिजन लिग र एनएसएल भने गायब भएका छन्।
यसअघि एनएसएल असोजदेखि सुरू गर्ने तालिका थियो। यस्तै पुस ६ गतेदेखि सी डिभिजन र २० फागुनदेखि बी डिभिजन लिग आयोजना गर्ने सार्वजनिक गरेको थियो।
तर यी कार्यक्रम एन्फाले मंगलबार सार्वजनिक गरेको क्यालेन्डरबाट हटेका छन्।
एन्फाको नयाँ क्यालेन्डर :-

पुरानो क्यालेन्डर :-

