बार्सिलोनाका अर्जेन्टियन डिफेन्डर जाभियर मास्चिरानोले क्लब छाडेका छन्।
मास्चिरानो सन् २०१० मा इंलिस क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए। बार्सिलोनाकोमा मास्चिरानोले क्लब फुटबलका प्राय: सबै उपाधिहरू चुमिसकेका छन्।
बार्सिलोनाले मंगलबार औपचारिक रुपमा विदाई समेत गरेको छ। बार्सिलोनाबाट मास्चिरानोले दुई च्याम्पियन्स लिग, दुई यूएफा सुपर कप,चार स्पेनिस ला लिगा, दुई क्लब विश्वकप, चार स्पेनिस कोपा डेल रे र चार पटक नै स्पेनिस सुपर कप जितेका छन्। बार्सिलोनाबाट १८ उपाधि जित्दा ३३ वर्षीय मास्चिरोनाले बार्सिलोनाबाट ३३४ खेल खेल्दै एक गोल गरेका थिए।
मास्चिरानोले यो सिजन १२ खेल मात्र खेल्ने अवसर पाएका थिए। पछिल्लो सिजन बेन्चमा रहँदै आएका मास्चिरानोले यसै कारणले बार्सिलोना छाड्ने निर्णय गरेको बुझिएको छ।
मास्चिरानो चाइनिज सुपर लिग क्लब हेवेइ चाइना जाने सम्भावना रहेको छ।