आहा रारा गोल्डकपको १६ अौं संस्करण आजबाट सुरू भएको छ। पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब, सुदूरपश्चिम स्पोर्टिङ क्लबसँग ३–० गाेलको फराकिलो अन्तरले पराजित भएकाे छ।
घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको सहाराले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो। सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मनिराम चौधरी ‘म्याक्स’ तथा राकेश हमालले एक/एक गोल गरे।
प्रतियोगितामा सहारा र सुदूरपश्चिमसँगै मोफसलका धरान फुटबल क्लब र झापा–११ रहेका छन्। त्यसैगरी, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीसहित ‘ए’ डिभिजनका संकटा, मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लब सहभागी छन्।साथै, १२ टोलीमा दुई विदेशी क्लबहरू बंगलादेशको बरिन्धरा र भारतको सिक्किम युनाइटेड रहेका छन् ।
उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।