बार्सिलोनाका फ्रेन्च स्ट्राइकर ओस्मान डेम्बेले फेरि चाेटमा परेका छन्। यसका कारण उनी अबकाे एक महिना मैदान बाहिर हुनेछन्।
घुँडाको चोटका कारण उनी तीनदेखि चार हप्ता मैदान बाहिर हुने भएका हुन्। डेम्बेले बोरुसिया डर्टमुण्डबाट यो सिजन मात्र बार्सिलोना आएका हुन् र चोटका कारण झण्डै चार महिना मैदान बाहिर थिए।
अब उनी फेब्रुअरी ११ मा गेटाफेसँगको खेलमा मात्र मैदान र्फकने सम्भावना छ। यो च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीसँग खेल्नु ९ दिन अघि मात्र हो। चोटमुक्त भएपछि उनले मात्र चार खेल खेल्न पाएका थिए।