हालै महंगो रकममा लिभरपुलबाट बार्सिलोना गएका फिलिप कोन्टिन्होले स्टार स्ट्राइकर लियोनल मेसीको स्थान लिनसक्ने बारे चर्चा चल्न थालेको छ। बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोका अनुसार कोन्टिन्होले बार्सिलोनामा मेसीको ठाउँ लिएर छाड्ने छन्।
‘हामी सबैलाई थाहा छ मेस्सी ठूला स्टार हुन् । उनी अझै तीन वा चार वर्ष उच्च स्थानमा रहन सक्छन् । तर कोन्टिन्होमा मेस्सीको छायामा रहेर पनि आफ्नो प्रभाव राख्ने क्षमता छ,’ उनले भनेका छन्।
बार्सिलोनाको इतिहासमा कोन्टिन्हो महंगा खेलाडी रहेकाले उनको काँधमा थप जिम्मेवारी रहेको र क्लबले पनि क्षमता देखेर नै बढी रकम खर्चिएको रिभाल्डोको भनाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएको छ।
२५ वर्षे ब्राजिलियन खेलाडी कोन्टिन्हो यहि साता १ सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा लिभरपुलबाट बार्सिलोना गएका हुन्।
यो अनुबन्धपछि कोन्टिन्हो विश्वका महंगा खेलाडीको सूचिमा नेइमारपछि दोस्रो स्थानमा छ। नेइमार यही सिजन २ सय २२ मिलियनमा बार्सिलोनाबाट पिएसजी गएका थिए।