इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सर्जियो अग्युरोले इञ्जुरी समयमा गरेको गोलको सहयोगमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित दर्ता गरेको छ।
प्रिमियर लिग लिडर सिटीले सेमिफाइनलको पहिलो लेगमा च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटीसँग २–१ को संघर्षपूर्ण जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुने र सर्जियो अग्युरोले समान एक एक गोल गरे । ब्रिस्टोलको रोब्बी रेइडले एक गोल गरेका थिए ।
ब्रोस्टोलले पहिलो हाफमा उत्कृष्ट खेल पस्क्यो। खेलमा सुरुवाती अग्रता पनि लियो। जोन स्टोन्सले ब्रिस्टोल सिटीका बोबी रिडलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै बोबीले टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा १–० ले पछि परेको सिटीलाई दोस्रो हाफको १० मिनेट नवित्दै केविन डि ब्राउनले बराबरी गोल फर्काए। स्टर्लिङको पासमा ब्राउनले खेलमा बराबरी गरेका थिए।
निर्धारित समयसम्म पटक पटक प्रहार गरेको सिटीका लागि ब्रोस्टोलका खेलाडीहरु बाधक बनिरहेपछि १–१ को बराबरीमा सकिएको खेलको इञ्जुरी समयमा गोल गर्दै सर्जियो अग्युरोले सिटीलाई २–१ को महत्वपूर्ण जित दिलाए।
बेर्नाडो सिल्भाले मिलाइदिएको पासमा हेड मार्फत गोल गर्दै अग्युरोले अतिरिक्त समयको २ मिनेटमा निर्णायक गोल गरेका थिए।
पहिलो लेग जितेसँगै सिटीले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । तर, सिटीले दोस्रो लेग खेलमा आफू अनुकुल नतिजा निकाल्नु पर्ने हुन्छ । यता, म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको च्याम्पियनसिप क्लब ब्रिस्टोललाई फाइनलमा पुग्न दोस्रो लेगमा फराकिलो जित निकाल्नु आवश्यक रहेको छ । दोस्रो लेग ब्रिस्टोलको मैदानमा जनवरी २३ मा हुने छ ।
जितपछि राम्रो खेल पस्केको भन्दै सिटीका व्यवस्थापक पोप ग्वार्डिओलाले ब्रास्टोलका प्रशिक्षक लि जोनसोनलाई बधाई दिइएका थिए।