इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लेष्टर सिटीसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा युनाइटेड १० खेलाडीमा सिमित लेष्टर सिटीसँग २ – २ गोलको बराबरीमा रोकिएको हो ।
लेष्टरको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि दुवै गोल हुवान माटाले गरेका थिए । लेष्टरका जेमी भर्डी र ह्यारी मगुइरेले समान एक एक गोल गरेका थिए ।
२७ औं मिनेटमा भर्डीले गोलबाट घरेलु टोली लेष्टरले सुरुवाती अग्रता लिएको थियो। खेलको ४० औं मिनेटमा युनाइटेडका माटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा युनाइटेडले सुरूवाती अग्रता बनायो। खेलको ६० औं मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २ – १ को अग्रतामा पुर्याए। खेलको ७३ औं मिनेटमा ड्यानियल अमर्टेयले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान बाहिरिएपछि लेष्टर १० खेलाडीमा सिमित भएको थियो। खेलको अन्तिम मिनेटमा मगुइरेले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए।
यो बराबरीसँगै युनाइटेडले लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने मौका गुमाएको छ। लिगको दोस्रो स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ४२ अंक रहेको छ। युनाइटेड सिटीभन्दा १३ अंकले पछि छ। समान खेलबाट सिटीले ५५ अंक छ। २७ अंक जोडेको लेष्टर सातौं स्थानमा छ।
https://www.youtube.com/watch?v=JTsvQG-rfJ8