ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नलीमाथि सहज जित निकालेको छ। बर्नलीलाई उसकै घरेलु मैदानमा टोटनह्यामले शनिबार राति ३ – ० ले पराजित गरेको हो ।
टोटनह्यामले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको थियो। सातौँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे।
योसँगै इन्ग्लिश फरवार्ड केनले यो वर्ष आफ्नो ३६ औं लिग गोल पुरा गरेका छन्। यस्तै केनले लिगमा एकै वर्षमा सर्वा्धिक ३६ गोल गर्ने खेलाडीको किर्तिमानमा समेत बराबरी गरेका छन्। यसअघि ब्लाकबर्नका एलेन शेररले सन् १९९५ मा ३६ गोल गर्दै किर्तिमान बनाएका थिए।
त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन र खेल टोटनह्यामले ३ – ० ले आफ्नो बनायो ।
केनको उत्कृष्ट प्रदर्शनसँगै जित निकालेको टोटनह्याम अंक तालिकाको पाँचौँ स्थानमा पनि उक्लिएको छ । टोटनह्यामले १९ खेलबाट ३४ अंक जोडेको छ । पराजित बर्नली ३२ अंक जोडेर सातौं स्थानमा रहेको छ।
https://www.youtube.com/watch?v=tWGNfiFObIw