म्यानचेस्टर युनाइटेडलाई पन्छाउँदै ब्रिस्टोल सिटी इंग्लिश लिग कप (काराबाओ कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
योसँगै बुधबार राति भएको क्वाटरफाइनलमा दोस्रो डिभिजनको क्लब ब्रिस्टोल सिटीसँग २ – १ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
ब्रिस्टोलको घरेलु मैदानमा ज्लाटन इब्राहिमोविचले गोल गरे पनि युनाइटेडको हार रोक्न सकेनन्। ब्रिस्टोलको जितमा जोय ब्रायन र कोरे स्मिथले समान एक एक गोल गरेका थिए। अधिकांश समय बल नियन्त्रणमा राखेको युनाइटेडले गोल गर्ने केही राम्रा मौका खेल फाल्दा पराजित हुन पुग्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा ब्रायनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ५८ औं मिनेटमा युनाइटेडका इब्राहिमोविचले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा स्मिथले गोल गर्दै ब्रिस्टोललाई २ – १ को महत्वपूर्ण जित दिलाए ।
दोस्रो डिभिजनको क्लब ब्रिस्टोलसँगको हारसँगै युनाइटेड प्रतियोगिताबाट चौथो पटक बाहिरियो।
यो सँगै ब्रिस्टोल युनाइटेडलाई क्वाटरफाइनलमा स्तब्ध बनाउने दोस्रो डिभिजनको दोस्रो क्लब बन्यो।
अब ब्रिस्टोलले सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको सामना गर्नेछ। सिटी लेष्टरलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ।
https://www.youtube.com/watch?v=LwF-RVluxxg