लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार १६ खेल जित्दै कीर्तिमान बनाएको छ।
एकै सिजनमा लगातार सबैभन्दा धेरै खेल जित्ने तथा सम्रगमा पनि लगातार सबैभन्दा धेरै खेल जित्ने सिटी पहिलो टिम हो।
गएराति घरेलु मैदानमा टोटनह्यामलाई फराकिलो अन्तरमा हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो। शीर्ष स्थानको होडमा आफूलाई उभ्याउँदै आएको टोटनह्यामाथि जित दर्ता गर्ने क्रममा रहिम स्ट्रर्लिङले दुई तथा इल्के गनडोगन र केविन डि ब्राउनले एक एक गोल गरे।
टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले एक गोल फर्काएका थिए।
खेलको १४ औं मिनेटमा गनडोगनको गोलबाट सुरूवाति अग्रता लिएको सिटीले पहिलो हाफ १-० ले अग्रता लियो। दोस्रो हाफमा थप आक्रमक देखिएको सिटीले ३ गोल थप्यो।
७० मिनेटसम्म १ गोलले अगाडि रहेको सिटीका लागि डि ब्राउनले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि अन्तिम १० मिनेटमा स्ट्रर्लिङले दुई गोल गरेपछि सिटीले ऐतिहासिक जित दर्ता गर्यो।
इन्जुरी समयको तेस्रो मिनेटमा एरिक्सनले टोटनह्यामका लागि एक गोल फर्काए।
जितपछि लिडर म्यानचेस्टर सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसम्म १४ अंकको अग्रता लिएको छ। सिटीले १८ खेलबाट ५२ अंक जोडेको द्ध भने एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ अंक छ। पराजित भएको टोटनह्याम ३१ अंकसहित सातौं स्थानमा छ। यस्तै १८ खेलबाट ३८ अंक भएको चेल्सी गोल अन्तरमा तेस्रो स्थानमा छ। ३३ अंकसहित आर्सनल चौथो स्थानमा छन्।
https://www.youtube.com/watch?v=2vpLJLbdlq0