आगामी वर्ष रूसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) साँझ मस्कोमा सार्वजनिक हुँदैछ। नेपाली समय अनुसार आज साँझ ८ बजे सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक हुँदैछ।
विश्वकपमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो यसअघि लागिसकेको छ।
रूस विश्वकपमा यो पटक युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट भएको छ ।
त्यस्तै दक्षिण अमेरिकाबाट पनि ५ टोलीले विश्वकपमा स्थान बनाउँदा उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो । योपटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन।
रुस विश्वकपमा पटक पाँच पटकको विजेता ब्राजिल, साबिकको बिजेता जर्मनी लगायतका ठुला राष्ट्रहरु छनोट भए। तर, यो पटक चार पटकको इटाली विश्वकपमा देखिने छैन । त्यस्तै युरोपबाट नेदरल्याण्ड, वेल्स जस्ता राष्ट्र समेत विश्वकप बाहिरै रहे।
यसैबीच रूस विश्वकपको अफिसियल पोष्टर बुधबार नै सार्वजनिक भैसकेको छ।
फिफाले ड्र को लागि छनोट भएका ३२ राष्ट्रलाई ४ पोटमा विभाजन गरिएको छ। हरेक पोटमा ८ टोलि छन्। ४ पटमा रहेका ३२ राष्ट्रलाई ड्र बाट समूह चरणको लागि ८ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ टोली रहनेछ ।
यी हुन् विश्वकपमा छनोट भएका राष्ट्रःयुरोपः रुस, जर्मनी, इंगल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम,पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन
एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया
दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु
अफ्रिकाः इजिप्ट,नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया
उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पनामा
यसरी हुनेछ समूह विभाजन हेर्नुहोस् भिडियोमाhttps://www.youtube.com/watch?v=jDkn83FwioA