बुधबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा एभर्टनले वेष्ट ह्यामलाई ४–० ले हराउने क्रममा वायन रुनीले ह्याट्रिक गरेका छन्।
इंग्ल्याण्डका पूर्वकप्तान समेत रहेका रुनी यसै सिजनमा म्यानचेस्टर यूनाइटेडबाट एभर्टन गएका थिए। उनले प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गरेका हुन्। उनले यसअघि सन् २०११ को सेप्टेम्बरमा बोल्टनसँगको खेलमा ह्याट्रिक गरेका थिए।
१८ औं र २८ औं मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरेका रुनीले ६६ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। एभर्टनका लागि ७८ औं मिनेटमा विलियमसले अर्को गोल थपे। एभर्टन चार स्थान माथि उक्लिँदै १३ औं स्थानमा पुगेको छ। उसको १४ खेलबाट १५ अंक भएको छ।
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी ४० अङ्ककासाथ शीर्ष स्थानमा छ भने ३२ अङ्ककासाथ म्यान्चेस्टर यूनाइटेड दोस्रोमा स्थानमा यथावत छ।