अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोनासँग नयाँ करारमा हस्ताक्षर गरेका छन्। नयाँ करारसँगै मेसी सन् २०२१ सम्म क्लबमा रहने भएका छन् ।
त्यस्तै मेसीलाई किन्न बाई आउट क्लज ७० करोड युरो पुर्याइएको क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘क्लबसँग नै निरन्तरता गर्न पाउनु म खुसी छु, जुन मेरो घर पनि हो,’ बर्सा टिभीसँग कुरा गर्दै मेस्सीले भने, ‘मेरो सपना भनेको बार्सामा नै मेरो करियरको अन्त्य गर्नु थियो । र, हामी त्यही बाटोमा अघि बढिरहेका छौँ।’
उनले अबको लक्ष्य भनेको उपलब्धिहरु हासिल गर्दै क्लबलाई उपाधि दिलाउनु हो।
१४ वर्ष क्लबमा बिताएका मेसीले ६०२ खेलबाट क्लबका लागि ५२३ गोल गरेका छन्। साथै उनले क्लबलाई ३० वटा उपाधिसमेत जिताइसकेका छन्।
यस क्रममा उनले बालोन डि’ओर ५ पटक जितेका छन् भने क्लबलाई ८ वटा ला लिगा उपाधि, तीन च्याम्पियन्स लिग उपाधि र पाँच कोपा डेल रेको उपाधि दिलाएका छन्।