स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भ्यासेन्सियाले दबाब दिन थालेको छ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी ४ मा झारेको हो।
अवे मैदानमा भएको खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–० ले हराउँदै लिगमा रियल मड्रिडलाई ६ अंकले छोडेको हो।
क्लबको इतिहासमा लिगमा लगातार आठौं जित निकाल्ने क्रममा भ्यालेन्सियाका लामा कोन्डोग्बिया र मिना लोरेन्जोले गोल गरे।
जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ। शीर्ष स्थानको बार्सिलोना समान खेलबाट ३४ अंक हुँदा तेस्रो स्थानको साबिक विजेता रियल मड्रिडको २४ अंक छ।
https://www.youtube.com/watch?v=H-TJvRGxc8M