स्पेनिस ला लिगा फुटबल अन्तर्गत एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई बराबरीमा रोकेको छ।
यो सिजनको पहिलो मड्रिड डर्बी अन्तर्गत घरेलु मैदान भएको खेलमा एथ्लेटिको मड्रिडले भ्रमण टोली रियल मड्रिडलाई गोलरहित बराबरीमा रोकेको हो।
दुवै टिमले खेल अवधिभर गोल गर्ने केही मौका बनाए पनि गोल भने गर्न सकेनन्। स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोले यो खेलमा पनि गोल गर्न सकेनन्। रोनाल्डो र करिम बेन्जिमाले गोल गर्ने मौका बनाएका थिए तर सफल हुन सकेनन्।
बराबरीपछि तेस्रो स्थानको रियल मड्रिडको २४ अंक भएको छ भने चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडको पनि समान २४ अंक नै छ। लिग लिडर बार्सिलोनाको १२ खेलबाट ३४ अंक भएको छ।
यो खेलमा रियल मड्रिडका कप्तान सर्जियो रामोस दोस्रो हाफमा मैदान बाहिर रहेका थिए। पहिलो हाफमा एथ्लेटिको मड्रिडका लुकास हर्नान्डेजसँग ठोक्किएपछि उनको नाकबाट रगत आएको थियो।
https://www.youtube.com/watch?v=NE5fRaqPvH8