रियल मड्रिडका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई टेलिफोन गरेर बालोन डी’ओरको उपाधि आफैंले जित्ने दाबी गरेका छन्।
फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले बालोन डी’ओर पनि आफैंले जित्ने दाबी गर्न मेसीलाई फोन गरेको स्पेनिस सञ्चारमाध्यमले दाबी गरेका छन्। क्लब र व्यक्तिगत रूपमा पनि रोनाल्डो र मेसी एकअर्काका प्रतिस्पर्धी हुन्।
फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष प्रदान गर्ने बालोन डी’ओर अवार्डका लागि रोनाल्डो, मेसी, नेइमारसहितका खेलाडीहरू मनोनयनमा परेका छन्। अघिल्लो वर्षको उपाधि रोनाल्डोलेनै हात पारेका थिए।
मेसीले अहिलेसम्म पाँचपटक यो अवार्ड जितेका छन् भने रोनाल्डोले चारपटक। यो वर्ष अवार्ड जितेमा रोनाल्डोले मेसीसँग बराबरी गर्नेछन्।
डिसेम्बर ७ मा घोषणा हुने अवार्ड यो वर्ष मेसीले जित्ने सूचना बाहिर आएपछि रोनाल्डोले मेसीलाई फोन गरेर आफूनै विजयी हुने बताएका हुन्।
आफूले गोप्य सूचना पाएको र यसपटक पनि आफू नै विजयी हुने बताउन मेसीलाई फोन गरेको
स्पेनिस पत्रिका डन बालोनले दाबी गरेको छ। यसैबीच उक्त समाचारमा मेसीले रोनाल्डोलाई बधाईसमेत दिएको खबरमा जनाइएको छ।