विश्वकप फुटबलको तयारीका लागि मंगलबार राति नाइजेरियासँग भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाका सर्जियो अग्युरो बेहोस भएका छन्।
हाफ टाइममा बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ। रुसमा भएको नाइजेरियासँगको खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमै बेहोस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएक छन्। अग्युरोलाई ड्रेसिङ रुममा रहेका बेला रिंगटा लागेको थियो ।
अग्युरोलाई थप समस्या नआओस् भन्नका लागि अस्पताल लगिएको अर्जेन्टिनाको फुटबल एसोसिएसनले जनाएको छ ।
उनलाई तत्कालै अस्पताल लगिएको थियो। मेसी पनि अनुपस्थित खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा गोल खाँदै नाइजेरियासँग पराजित भयो।
यो पनि हेर्नुहोस् मेसी बिनाको अर्जेन्टिना नाइजेरियासँग पराजित२९ वर्षिय अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। ट्वीट मार्फत अग्युरो टिमका अरू साथीसँगै होटल गएको जानकारी दिइएको हो।
https://www.youtube.com/watch?v=-mOwzH6NgZE