स्वीट्जरल्याण्डले आगामी वर्ष रूसमा हुने फिफा विश्वकपमा स्थान बनाएको छ। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा नर्दन आयरल्याण्डलाई गोलरहित बराबरीमा रोकेपछि समग्रमा १ – ० ले जित निकाल्दै स्विजरल्याण्ड विश्वकपमा छानिएको हो।
स्वीट्जरल्याण्डको घरेलु मैदान बसेलमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो। अत्यान्तै प्रतिस्प्रधात्मक बनेको खेलमा दुवै टोलीले पाएको केही राम्रा मौकामा गोल गर्न सकेनन। तर, पहिलो लेगमा निकालेको १ – ० को जितलेनै स्वीट्जरल्याण्डलाई रूसको यात्रा तय गरेको हो।
यसअघि बिहिबार राति भएको पहिलो लेगमा स्वीट्जरल्याण्डलाई जित दिलाउन रिकार्डो रोड्रिगेजले पेनाल्टीमा निर्णायक गोल गरेका थिए। त्यहीँ गोलले स्वीट्जरल्याण्डलाई चौथो पटक विश्वकपमा पुर्याएको हो।
यता ३२ वर्षपछि विश्वकप नजिक पुगेको उत्तरी आयरल्याण्डको सपना स्वीटजरल्याण्ड बाधक बनेको हो। सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।
https://www.youtube.com/watch?v=BsdRcUAHwMU