लिबियालाई गोलरहित बराबरीमा रोकेको ट्युनिसिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ।
अफ्रिकी क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको ट्युनिसियाले शनिबार राति लिबियासँग गोलरहित बराबरी खेलेको हो।
समूहमा शीर्ष स्थानमा रहेको उसले शनिबार एक अंक थप्दै कंगो गणतन्त्रलाई पछि पार्दै समूह विजेता बन्न सफल भएको हो। यो खेलमा लिबियासँग पराजित भएको भए कंगो विश्वकपमा छानिन्थ्यो।
यसअघि सन् २००६ को जर्मनी विश्वकसमेत खेलेको ट्यूनिसियाले योसँगै अहिलेसम्म पाँचपटक विश्वकपमा स्थान बनाएको छ। सन् १९७८, १९९९ र २००२ मा समेत विश्वकप खेलेको थियो।
योसँगै अफ्रिकी क्षेत्रबाट समूह ‘ए’ को विजेताको रुपमा ट्युनिसिया, समूह ‘बी’ बाट नाइजेरिया, समूह ‘सी’ बाट मोरक्को, समूह ‘डी’ बाट सेनेगल र समूह ‘इ’ बाट इजिप्टले विश्वकपमा स्थान बनाएका छन्।
https://youtu.be/MjhAnmI4KdI