मोरक्को आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट भएको छ। अफ्रिकी क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ मा रहेको मोरक्कोले शनिबार राति आइभरीकोस्टलाई २–० ले हराउँदै समूह विजेता बनेर २० वर्षपछि विश्वकपमा स्थान बनाएको हो।
यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेपछि पहिलो पटक छनोट भएको हो।
मोरक्कोलाई जिताउन नाविल डिरार र मेहदी बेनाटिएले गोल गरेका थिए। नाबिलले २५ तथा मेहदीले ३० औं मिनेटमा गोल गरेका हुन्। पहिलो हाफमै २-० को अग्रता लिएको मोरक्कोलाई दोस्रो हाफमा आइभरीकोष्टले रोके पनि गोल फर्काउन सकेन।
मोरक्कोसँगै अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल र ट्युनिसिया छानिएका छन्।
https://www.youtube.com/watch?v=MjhAnmI4KdI