दक्षिण अफ्रिकालाई हराउँदे सेनेगल आगामी वर्ष हुने रूस विश्वकपमा छानिएको छ। १५ वर्षपछि विश्वकपमा स्थान बनाउने क्रममा सेनेगलले अफ्रिकामाथि २-० को जित दर्ता गर्यो।
अफ्रिका महादेशबाट तीन राष्ट्रले प्लेअफबाट रसिया विश्वकपमा स्थान बनाउने क्रममा सेनेगल छानिएको हो। यसअघिनै दक्षिण अफ्रिका विश्वकपको छनोटबाट बाहिरिसकेको अवस्थामा सेनेगलको विश्वकप यात्रा सहज भएको हो।
सन् २००२ को क्वार्टरफाइनलसम्म यात्रा गरेको सेनेगल अफ्रिकी छनोटको समूह ‘डी’को शीर्ष स्थानमा रहदै रूसको टिकट काटेको हो।
सेनेगलको जितमा डाइफ्रा साखो र थामसान्का माकहिजले गोल गरे।
खेलको १२औं मिनेटमा साखोको गोलबाट अग्रता लिएको सेनेगलले ३८औं मिनेटमा दोस्रो गोलद थप्यो।
पहिलो हाफ २-०ले पछाडि परेको अफ्रिका दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन।
सन् २००२ मा फ्रान्सलाई हराएर विश्वकपमा सनसनी मच्चाएको सेलेगलले सन् २०१० को आयोजक दक्षिण अफ्रिकालाई सहजै पन्छाएको हो।
जितपछि सेनेगलले समूह 'डी'मा ५ खेलबाट ११ अंक जोड्यो । अन्तिम चरण अघि दोस्रो स्थानको बुर्किना फासो र तेस्रो स्थानकोभर्डे आइल्यान्डको ६–६ अंक मात्र भएपछि सेनेगल छनोट हुन सफल भएको हो।
विश्वकपमा अहिलेसम्म २४ देशले स्थान पक्का गरिसकेका छन्। बाँकी ८ स्थानको टुंग्गो अबको एक साताभित्र लाग्नेछ ।
युरोपबाट १० टिम
रसिया, स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
एसियाबाट ४ टिम
इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट- ३ टिम
मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिकाबाट ४ टिम
ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
अफ्रिकाबाट- ३ टिम
नाइजेरिया, सेनेगल र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब २ टिम छनोट हुन बाँकी छ।
बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
https://www.youtube.com/watch?v=2HiU7MfgtxE