एसियाली महारथी जापानलाई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा विश्व महारथी ब्राजिलले हराएको छ।
घरेलु मैदानमा भएको खेलमा नेइमारको टिम ब्राजिलले जापानलाई ३–१ ले हराएको हो। आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलको तयारी स्वरूप खेलिएको खेलमा ब्राजिललाई जिताउन नेइमार, मार्सेलो र गाब्रिएल जिससले गोल गरे। जापानका लागि मानिनोले एक गोल फर्काएका थिए।
ब्राजिलले तीनै गोल पहिलो हाफमा नै गरेको हो। खेलको १० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेइमारले ब्राजिललाई अग्रता दिलाए। १६ औं मिनेटमा फेरि ब्राजिलले पेनाल्टी पाएको थियो। त्यसमा भने नेइमार गोल गर्नबाट चुके। त्यसको एक मिनेटपछि नै मार्सेलोले ब्राजिलका लागि गोल गरे। ३६ औं मिनेटमा जिससले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ३–० को अग्रता लियो।
दोस्रो हाफमा निकै आक्रमक खेलेको पाहुना टोली जापानले ६२ औं मिनेटमा मोकिनले जापानका लागि एक गोल फर्काए। त्यसपछि ब्राजिललाई रोकेपनि थप गोल गर्न नस्कदा भ्रमणकारी टोली जापान ३-१ले पराजित हुन पुग्यो।
https://www.youtube.com/watch?v=BmN_iZiuG70