स्विटजरल्याण्डसँग पराजित भएसँगै रूस विश्वकप फुटबलमा छनोट हुने उत्तरी आयरल्याण्डको सपनामा धक्का लागेको छ। ३२ वर्षपछि विश्वकप नजिक पुगेको आयरल्याण्ड एक विवादास्पद पेनाल्टीले पछि परेको हो। सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन।
बिहीबार राति भएको पहिलो लेगमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत स्वीटजरल्याण्डका रोड्रिगेजले खेलमा अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र उक्त गोल नै जितका लागि पर्याप्त भयो।
डि एरिया भित्र ह्याण्ड भएपछि स्वीटजरल्याण्डले पेनाल्टीको मौका पाएका थियो। तर सार्वजनिक भएको भिडियो फुटेजमा हेर्दा बल ह्याण्ड नभएको देखिएको छ। बल पाखुरामा लागेको देखिन्छ। खेलपछि आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट गम्भीर भुल भएको आरोप लगाएका छन्।
दोस्रो लेग आउँदो आइतबार स्वीटजरल्याण्डमा हुने छ।
https://www.youtube.com/watch?v=vM_HDCQW5Ik