यु १७ फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले जितेको छ। भारतको कोलकातामा शनिबार राति भएको फाइनलमा स्पेनलाई ५–२ ले हराउँदै इंग्ल्याण्डको युवा टोलीले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो।
दुई गोलले पछि परेको नतिजा उल्ट्याउँदै इंग्ल्यान्डले फाइनलमा स्पेनलाई ५–३ गोलले पराजित गरेको हो।
भारतको कोलकातास्थित साल्टलेक सिटी रंगशालामा भएको खेलमा स्पेनले सर्जियो गोमेजको दुई गोलको सहयोगले पहिलो हाफमै अग्रता बनाएको थियो। गोमेजले खेलको १०औं र ३१औं मिनेटमा गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा रेहान ब्रेवेस्टरले गोल गर्दै इंल्याण्डलाई २–१ को अवस्थामा ल्याएका थिए।
दोस्रो हाफपछि इंग्ल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गर्दै थप ४ गोल फर्कायो। म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फोडेनले २ गोल गरे।
खेलको ५८ मिनेटमा मोर्गन गिब्स वाइटले बराबरी गोल गरे। तेस्रो गोल फिल फोडेनले गरे। उनले ६९ मिनेटमा गोल गरेका थिए। चौथो गोल मार्क गुहिईले ८५ मिनेटमा र पाँचौ गोल ८८ मिनेटमा फोडेनले पुनः गरेका थिए।
प्रतियोगितामा ८ गोल गरेका लिभरपुलका युवा स्ट्राइकर ब्रेवेस्टर ‘गोल्डेन बुट’ बाट सम्मानित भएका थिए। म्यान अफ दि टुर्नामेन्ट अवार्ड इंल्याण्डकै फोडिन र उत्कृष्ट गोलरक्षक बन्दै ब्राजिलका गाब्रिएल ब्रजाओले गोल्डेन ग्लोब्स प्राप्त गरे। तेस्रो स्थान ब्राजिलले हात पार्यो। फाइनल अगाडि भएको अर्को खेलमा ब्राजिलले २–० ले मालीलाई पराजित गरेको थियो।