च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्याण्डले पाकिस्तानमाथि सानदार जित निकालेको छ।
कराँचीको नेशनल स्टेडियममा बुधबार राति सकिएको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानमाथि ६० रनको सानदार जित निकालेको हो।
न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रन बनाएर अल आउट भयो।
पाकिस्तानका लागि खुशदिल साहले सर्वाधिक ६९ रन बनाए। उनले ४९ बलमा १० चौका र १ छक्का हाने। बाबर आजमले ९० बलमा ६ चौका र १ छक्का हानेर ६४ रन बनाए।
सलमान अघाले २८ बलमा ६ चौका र १ छक्का हानेर ४२ रनको योगदान गरे।
फखर जमानले २४, हरिश रौफले १९, शाहीन शाह अफ्रिदीले १४, नसीम साहले १३ रन जोडे।
कप्तान मोहम्मद रिजवान ३ रनमा आउट हुँदा ओपनर साउद शकीलले ६ रनमात्रै बनाए। तयाब तहिर १ रनमा आउट भए।
बलिङतर्फ न्युजिल्याण्डका विलियम पिटर र मिचेल सान्टनरले ३/३ विकेट, म्याट हेनरीले २ तथा ग्लेन फिलिप्स र नाथन स्मिथले १/१ विकेट लिए।
टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रनको लक्ष्य जोड्यो।
न्युजिल्यान्डका ओपनर विल योङ र टम लाथमले शतक प्रहार गरे। योङले १०७ रन जोड्ने क्रममा ११३ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
लाथमले नटआउट ११८ रन बनाए। उनले १६० बलमा १० चौका र ४ छक्का प्रहार गरे। प्लेन फिलिप्सले ६१ रन जोडे पछि न्युजिल्यान्डले तीन सय रन कटायो।
बलिङमा पाकिस्तानका नशीम शाह र हरिस राउफले २-२ विकेट लिए।
ट्रफी सन् २०१७ पछि पहिलो पटक आयोजना भएको हो।