इंग्ल्यान्डविरूद्धको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले खराब ब्याटिङ गर्दा विभिन्न रेकर्ड बनेका छन्।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पनि ५ विकेटको क्षतिमा ४१५ रन जोडेर रेकर्ड बनाएको थियो। जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका २०.५ ओभरमा ७२ रनमै अलआउट भएको थियो।
खेलमा दक्षिण अफ्रिकाका लागि कोहि ब्याटरले पनि २० रन कटाउन सकेनन् भने इंग्ल्यान्डका लागि जोए रुट १०० रन र ज्याकब बेथेलले ११० रन बनाए। यो सिरिज भने दक्षिण अफ्रिकाले लगातार दुई खेलमा जित हात पारेकाले २-१ ले जित्यो।
तेस्रो खेलमा इंग्ल्यान्डको उत्कृष्ट जितसँगै मुख्य सात कीर्तिमान बनेका छन्।
- इंग्ल्यान्डले साउथह्याम्पटनमा भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ३४२ रनले हरायो। यो पुरुष एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीले रनको आधारमा जितेको सबैभन्दा ठूलो अन्तर हो। यसअघि सन् २०२३ मा भारतले श्रीलंकालाई ३१७ रनले हराएको थियो।
- दक्षिण अफ्रिकाले दुई हप्ताअघि अष्ट्रेलियासँग २७६ रनको सबैभन्दा ठूलो हार बेहोरेको थियो। पुरुष एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूला सात हारमध्ये दुई हार दक्षिण अफ्रिकाले १५ दिनभित्र बेहोरेको छ।
- दक्षिण अफ्रिकाले साउथह्याम्पटनमा जम्मा ७२ रन बनायो जुन पुरुष एकदिवसीय क्रिकेटमा उनीहरूको दोस्रो कम स्कोर हो। सन् १९९३ मा अष्ट्रेलियाविरुद्ध ६९ रनमा अलआउट हुनु उनीहरूको सबैभन्दा कम स्कोर थियो। यो इंग्ल्यान्डविरुद्ध कुनै पनि टोलीले बनाएको चौथो कम स्कोर पनि हो।
- दक्षिण अफ्रिकाको इनिङ्स २०.५ ओभर चल्यो, जुन पुरुष एकदिवसीय क्रिकेटमा उनीहरूको दोस्रो छोटो अलआउट इनिङ्स हो। सन् २०२२ मा म्यानचेस्टरमा इंग्ल्यान्डविरुद्ध २०.४ ओभरमा ८३ रनमा अलआउट हुनुभन्दा यो एक बल मात्र बढी हो। इंग्ल्यान्डले साउथह्याम्पटनमा ५ विकेट गुमाएर ४१४ रन बनायो, जुन दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनीहरूको सबैभन्दा उच्च स्कोर हो।
- दक्षिण अफ्रिकाले पुरुष एकदिवसीय क्रिकेटमा ४०० भन्दा बढी रन दिएको यो चौथो पटक हो। वेस्ट इन्डिजले ५ पटक यस्तो गरेको छ भने इंग्ल्यान्डले सात पटक ४०० भन्दा बढी रन बनाएको छ।
- साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले पहिलो दस ओभरभित्र ६ विकेट गुमाएको दोस्रो अवसर मात्र हो।
- जोफ्रा आर्चरले दक्षिण अफ्रिकाको इनिङ्सको पहिलो दस ओभरमा ५ रन दिएर ४ विकेट लिए। पुरुष एकदिवसीय इनिङ्सको पहिलो दस ओभरमा चार वा सोभन्दा बढी विकेट लिने क्रममा एक बलरले मात्र राम्रो औसत पाएका छन् - सन् २००६ मा केप टाउनमा अष्ट्रेलियाविरुद्ध मकायाले ४ रन दिएर ४ विकेट लिएका थिए।