नेपाल-भारत महिला टी-२० नेत्रहीन सिरिजको तेस्रो खेलमा नेपाल विजयी भएको छ। नेपालले तेस्रो खेलमा ९ विकेटको जित हात पार्यो।
यसअघि पहिलो खेलमा नेपाल र दोस्रो खेलमा भारत विजयी भएका थिए।
तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २१४ रन जोड्यो।
भारतका लागि कप्तान सुष्मा पटेलले नटआउट ६३ रन र सिमु दासले नटआउट ४६ रन जोडे।
२१५ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा बिनिता पुनले नटआउट १२६ जोडिन् भने मनकेशी चौधरीले ६५ रन जोडिन्।
पाँच खेलको सिरिजमा नेपाल २-१ ले अघि छ। सिरिजका बाँकी दुई खेल वैशाख १६ र १७ खेल्ने तय छ।