कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य धमाधम भइरहेको छ।
मैदानको वरिपरि ६ वटा फ्लडलाइट जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइटको पोल जडान कार्य धमाधम भइरहेको हो।
जसअन्तर्गत ४ वटा पोलहरू जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी छ। बाँकी पोल जडानको काम पनि भोलिसम्ममा सकिनेछ।
त्यसपश्चात् पोलको 'इन्स्टलेशन' गरेपछि तिहारभित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना छ।
फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन-इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो।
यस्तै मैदानमा चोभार एन्डतर्फ प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चोभार एन्डतर्फको क्यामेरा बक्सको दायाँ र बायाँमा भागमा निर्माण भएको प्यारापिटमा अहिले सिट हाल्ने काम भइरहेको छ। प्यारापिट १० हजार सिट क्षमताको छ।
यो रंगशालाको काम सुरूमा वैशाख २४ र त्यसपछि असार मसान्तमा सकिने योजना थियो। तर अब सबै काम सक्न तिहारअघि सम्म लाग्ने देखिएको छ।
तस्बिरहरू
-1756799248.jpg)
-1756799247.jpg)
-1756799247.jpg)
-1756799246.jpg)
-1756799244.jpg)
-1756799245.jpg)
-1756799245.jpg)
-1756799246.jpg)
-1756799244.jpg)
-1756799251.jpg)
-1756799249.jpg)
-1756799249.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी